मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

माओवादीबाट राष्ट्रियसभाका लागि उम्मेदवार छान्ने जिम्मा तीन शीर्ष नेतालाई

दैनिक नेपाल २०७४ माघ ८ गते १९:०२

काठमाडौँ, ८ माघ । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश इन्चार्जसहित बसेको सचिवालयको बैठकले उम्मेदवार तोक्ने जिम्मा तीन शीर्ष नेतालाई सुम्पेको हो ।

बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । एमालेसँगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो ।

तीन शीर्ष नेताले मंगलबार बैठक बसेर माओवादीका भागमा परेका राष्ट्रियसभाको १४ सिटको लागि उम्मेदवार तोक्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । निर्वाचन आयोगले माघ १० गते भित्र उम्मेदवारको टुंगो लगाउने समय सीमा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित