मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि

दैनिक नेपाल २०७४ माघ ८ गते १८:३४

काठमाडौँ, ८ माघ । ग्लोबल आइएमई बैंकले गत आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसटमा सम्पर्क/प्रतिनिधि कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

बेलायतको एल्डरसटस्थित सम्पर्क कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे ।

कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले ग्लोबल आइएई बैंकले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गरे । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गरे ।

साथै उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत बताए । उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित