मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

काँग्रेसले छान्यो प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभा उम्मेदवारहरु, को-को परे ?

दैनिक नेपाल २०७४ माघ ८ गते १७:५१

काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसले प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभा उम्मेदवारहरु टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकले प्रदेश नम्बर ७ का लागि ४ जना उम्मेदवारहरुको टुंगो लगाएको हो ।

जस अनुसार, खुल्ला पुरुषबाट बद्री पाण्डे, महिलाबाट तारा भट्ट, दलित समुदायबाट शेरी राम पार्की र अपाङ्ग कोटाबाट छत्रराज जोशीलाई राष्ट्रियसभाका उम्मेदवार बनाउने निर्णय भएको छ । अन्य प्रदेशहरुको बारेमा पनि छलफल जारी रहेको बताइएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते हुनेछ । प्रत्येक प्रदेशबाट ८ ८ जना सांसद चुनिने छन् ।

प्रतिक्रिया
सम्बन्धित