शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको धुलाबारी र काकरभिट्टामा

दैनिक नेपाल २०७४ माघ ८ गते १७:५५

काठमाडौँ, ८ माघ । एनआईसी एशिया बैंकले झापामा २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले झापाको मेचिनगर नगरपालिका–१० काकरभिट्टा र मेचिनगर नगरपालिका–६ स्थित धुलाबारीमा विस्तार गरिएका दुई शाखाको सोमबार औपचारिक रुपमा उद्घाटन गरेको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । थप दुई नयाँ शाखासहित बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित