मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

जाँदाजाँदै देउवाका कारण प्रहरीमा हलचल, को बन्ला नयाँ प्रहरी प्रमुख ?

दैनिक नेपाल २०७४ माघ ८ गते १७:०७

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० बर्षे प्रावधान हटाउने तयारी गरेपछि नेपाल प्रहरीभित्र हलचल मच्चिएको छ ।

३० बर्षे प्रावधान हटाउने गरी मंगलबार राष्ट्रपतिबाट अध्यादेश जारी गराउने तयारी गरेपछि प्रहरीभित्र हचलच मच्चिएको हो । सरकार छाड्ने बेलामा देउवाले ल्याउन लागेको नयाँ नीतिले नेपाल प्रहरीको प्रमुख बन्ने लाइनमा रहेका अब्बल प्रहरी अधिकारीहरु त्यसै घर जानुपर्ने अबस्था सिर्जना हुने देखिएको छ ।

स्रोतका अनुसार, ३० बर्षे प्रावधान आएमा अहिले दौडमा रहेका पुष्कर कार्की, सर्वेन्द्र खनाल र रमेश खरेल प्रहरी प्रमुख बन्न पाउने छैनन् ।

त्यसो भए को बन्छ त प्रहरी प्रमुख ?

नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालको कार्यकाल आगामी चैतमा सकिँदैछ । अर्यालसँगै एआइजीहरु जयबहादुर चन्द र बमबहादुर भण्डारीले पनि आगामी दुई महिनामै बिदा लिनेछन् ।

त्यसपछि प्रहरीको प्रमुख बन्ने लाइनमा छन्, सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की । उनीहरु तिनजनामध्येबाटै एक जना आइजी हुने अहिले पक्कापक्की देखिएको छ । तर, सेवाअवधि ३० बर्षे हटाएर ३२ बर्षे बनाएमा गणेश केसी, विजय भट्टका लागि प्रमुख बन्ने ढोका खुल्नेछ ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने आफूले यसअघि नै आइजी बनाउन जयबहादुर चन्दलाई प्रमुख बनाउने प्रयत्नमा अझै देखिएका छन् । यसअघि देउवाले चन्दलाई च्याप्नुमा सुदूरपश्चिमको नाता थियो । सुदूरपश्चिमको नाताले उनले विजय भट्टलाई अघि सार्ने सम्भावना पनि उत्तिकै छ ।

प्रतिक्रिया
सम्बन्धित