मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

रूकुमबाट दाङ आउँदै गरेको बस दुर्घटना, ४ जनाको मृत्यु

दैनिक नेपाल २०७४ माघ ८ गते १६:३२

-मीना बुढाथोकी

सल्यान, ८ माघ । सल्यानमा यात्रु बोकेको बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जना भन्दा बढि घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बर बस सोमबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु ४ जना भएकामध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका–१० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ । अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित