बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

३ लाख रुपैयाँ घुससहित असई पक्राउ

दैनिक नेपाल २०७४ माघ ८ गते १४:४३

काठमाडौँ, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३ लाख रुपैयाँ घुससहित असई रमेश खड्कालाई सोमबार पक्राउ गरेको छ । खड्का महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

व्यक्तिको लेनदेनको कागज आफूसँग राखेर सेवाग्राहीसँग बालाजु बाइपासको एक होटलमा तीन लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारले बिहान ११ बजे खड्कालाई पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित