सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

ढुवानी व्यवसायी समिति रूपन्देहीको अध्यक्षमा कमल घिमिरे

दैनिक नेपाल २०७४ माघ ७ गते २१:१४

बुटवल ७ माघ, ढुवानी व्यवसायी समिति रूपन्देही को १३ औं साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ ।

रुपन्देही प्रदेशसभा सदस्य माननिय भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा बिशिष्ठ अतिथि बुटवलउप महानगर का उपप्रमुख गोमा आचार्य तथा ढुवानी व्यबसायी महासंघका केन्द्रिय अध्यक्ष बिश्वनाथ खनालको उपस्थितीमा बुटवलमा सम्पन्न भयो ।

अधिबेसनलेआगामी २ बर्षे कार्यकालका लागि कमल घिमिरेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्बिरोध चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा श्यामराज हमाल प्रथम उपाध्यक्ष भेषराज बस्याल दोस्रोउपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ महासचिब रामप्रसाद गैरे’ बिष्णु’ सचिब गोबिन्द श्रेष्ठ कोषाध्यक्ष शंकर लम्साल र सदस्यरुमा रामकाजी के.सी,  बिकास शर्मा आचार्य, संजय पान्डे र रामनारायण ठाकुर निबार्चित भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष माधब नेपालले संस्थाका गतिबिधिबारे जानकारी गराउनु भएको थियो

प्रतिक्रिया
सम्बन्धित