शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

शंकर पोखरेल बने एमाले संसदीय दलको नेता, मुख्यमन्त्री बन्ने पक्का

दैनिक नेपाल २०७४ माघ ७ गते १५:४९

काठमाडौँ, ७ माघ । नेकपा (एमाले)का नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता चुनिएका छन् । आइतबार बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता चुनेको हो ।

नेकपा एमाले र नेकपा माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्य मन्त्री बनाउने सहमति निर्वाचन अघि नै नभएको थियो । पोखरेलले अब प्रदेश प्रमुखलाई बहुमत आफ्नो पक्षमा रहेको पत्र दिए लगत्तै उनी मुख्यमन्त्री घोषित हुनेछन् । उनले तीस दिन भित्र प्रदेश सभामा आफ्नो पक्षमा बहमुत सिद्द गर्नुपर्नेछ ।

बैठकमा पोखरेलले प्रदेश ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित