मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

काठमाडौँको स्वयम्भूनाथमा भीषण आगलागी (अपडेट)

दैनिक नेपाल २०७४ पुष २८ गते २३:१४

काठमाडौँ, २८ पुस । काठमाडौँको स्वयम्भूनाथ मन्दिरको भजनघरमा भीषण आगलागी भएको छ ।

शनिबार साँझ ९ बजेतिर आगो लागेको स्वयम्भू प्रहरीले जनाएको छ । स्वयम्भूनाथको भजनघरमा आगलागी भएको हो । दमकल लैजान नसकिने भएकाले आगो निभाउन अप्ठेरो भएको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् । मानवीय क्षति नभए पनि ठूलो क्षति भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित