सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

महन्थ ठाकुरले किन दिए देउवा सरकारलाई चेतावनी ?

दैनिक नेपाल २०७४ पुष २८ गते २१:२३

काठमाडौँ, २८ पुस । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सामाजिक परिचालिकालाई सेवाबाट हटाउने शेरबहादुर देउवा सरकारको निर्णयको आपत्ति जनाएका छन् ।

ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको राज्यमन्त्री स्तरीय निर्णयबाट सामाजिक परिचालिकालाई सेवामा निरन्तर नरहने गरी गरिएको पत्राचारमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जनताको वीचमा रहेर स्थानीय तहबाट नै गरिबी न्युनीकरण र दिगो विकासको कार्यमा सहयोग गर्ने सामाजिक परिचालिकालाई अवकास गरिएको निर्णयलाई अविलम्ब सच्चयाउन उनले देउवा सरकारसँग माग पनि गरेका छन् । साथै, सामाजिक परिचालक कर्मचारी संघद्वारा घोषित चरणवद्ध आन्दोलन र संघर्षको कार्यक्रमप्रति पार्टी एक्यबद्धता रहेको बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत “सामाजिक परिचालन कार्यविधि, २०७१” बमोजिम स्थानीय सेवा प्रदायक संस्था छनौट गरी संस्थामार्फत हरेक गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका हरेक वडामा १–१ जना सामाजिक परिचालक नियुक्ति भएका थिए ।

संयोजक, अध्यक्षमण्डल

प्रतिक्रिया
सम्बन्धित