मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

एमालेबाट राष्ट्रिय सभाको सांसद बन्न सजिलो, यस्ता व्यक्ति पनि बन्न पाउँछन् सांसद

दैनिक नेपाल २०७४ पुष २८ गते २०:५१

काठमाडौँ, २८ पुस । नेकपा एमालेले पार्टीका नेता बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा छवि बनाएका व्यक्तिहरुलाई पनि राष्ट्रिय सभाको सांसद बनाउने बाटो खुल्ला गरेको छ ।

नेकपा एमालेले शुक्रबार तय गरेको मापदण्ड अनुसार, राजनीति बाहेक समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाका व्यक्ति पनि एमालेबाट राष्ट्रिय सभाको सांसद बन्न पाउने भएका छन् । समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिका विषयमा उदार देखिएको एमालेले राष्ट्रिय सभालाई राष्ट्रिय चरित्रको बनाउने यो मापदण्ड बनाएको हो । एमालेको यो नीतिले पार्टीसँग बैचारिक आबद्धता राखेका तर एमालेको संगठनमा सक्रिय नभएको व्यक्ति पनि सांसद बन्न पाउने भएको छ । यसैगरी, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु पनि एमालेको कोटामा राष्ट्रिय सभामा समेटिने भएका छन् ।

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारका लागि ६ वटा ६ वटा मापदण्ड बनाएको हो । अन्य मापदण्डमा संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका र विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु पनि सांसद बन्न पाउने भएका छन् ।

एमालेले यी मापदण्ड अनुसार प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित