शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

एमालेद्वारा राष्ट्रिय सभाका उम्मेदवार सिफारिसको मापदण्ड तय

दैनिक नेपाल २०७४ पुष २८ गते १८:१४

काठमाडौँ, २८ पुस । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको मापदण्ड तय गरेको हो ।

एमाले मापदण्ड अनुसार नै प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

यस्ता छन्, एमालेले तय गरेका मापदण्डहरुः

– संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ।
– पार्टीमा लामो योगदान गरेका ।
– पार्टीसँग बैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु-याएका ।
– भौगोलिक र सामाजिक सन्तुलन
– स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
– विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु ।

प्रतिक्रिया
सम्बन्धित