बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

सल्यानमा पर्ने भेरी नदिमा झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती

दैनिक नेपाल २०७४ पुष २८ गते १७:५९

– मिना बुढाथोकी
सल्यान, २८ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय वासिन्दालाई भेरी नदिमा पुल नहुँदा सास्ती खेप्नु परेको छ । बन्गाड कुपिण्डे नगरपालिका–१ मा रहेको नाम्रा, वडा नम्बर–२ को लाहाघाट, राईरा र वडा नम्बर–३ मा बसोबास गर्ने स्थानीयहरु भेरी नदिमा पुल नहुदा निक्कै दुःख खेपिरहेका छन् ।

‘बन्गाड कुपिण्डे नगरपालिका–१ को नाम्रमा झोलुङ्गे पुलको लागि सर्वे भएको १ वर्ष बिति सक्यो तर कामको अझै सुरुवात भएको छैन’, स्थानीय गोपीलाल आचार्यले भने । त्यसै गरि पाएक पर्ने ठाउँमा झोलुङ्गे पुल नहुदा बामेको राईरा र लाहाघाटका स्थानीयले समेत दुःख झेली रहेको बताएका छन् । जोखिमपूर्ण तरीकाले भेरी नदी पार गर्न खोज्दा वर्षेनी नदिमा डुबेर स्थानीयको ज्यान जाने गरेको छ ।

‘झोलुङ्गे पुलको लागि ती सबै क्षेत्रमा काम सुरु भए पनि समयमा काम सम्पन्न नहुदा हामीले दुख पाएका छौँ’, भगवती प्रावि बाहुन गाउँका प्रधानाध्यापक गंगा शर्माले बताए । झोलुङ्गे पुलको लागि भनेर देवस्थलको नाम्रा, काँरागाउँको जिउला, बामे, चैतुवालगायतका स्थानमा पुल निर्माणको काम भईरहेको छ ।

कतिपय स्थानमा कामको शुरुवात भएको लामो समय बिति सक्यो तर पुरा भएको छैन भने देवस्थलको नाम्रालगायतका क्षेत्रमा अझै पुल निमार्णको कामको सुरुवात समेत नभएको स्थानीयले बताए । भेरी नदि किनारमा बसोबास गर्ने बस्तीका स्थानीयले दैनिक आवश्यक पर्ने सामाग्री ओसार पसारमा कठिनाई भोगी रहेको बताउँछन् । यस्तै आफूले उत्पादन गरेका सामाग्री समेत विक्रि गर्न समस्या रहेको स्थानीयको गुनासो रहेको छ ।

‘सरसामन लगायत आवत जावतको लागि जोखिमपुर्ण तवरले भेरी वारपार गर्नु परेको छ’, स्थानीय शेर बहादुर घर्तीले भने । यसरी जोखिमपुर्ण ढंगले भेरी नदी वारपार गर्दापनि सो क्षेत्रमा समयमा पुलको काम सम्पन्न नहुदा स्थानीयले कष्ट भोग्नु परेको छ ।

प्रतिक्रिया
सम्बन्धित