मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

दैनिक नेपाल २०७४ पुष २८ गते १७:४५

काठमाडौँ, २८ पुस । एनसेलले ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवा लङ टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला–२०७४ आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्य रुपमा आयोजना पश्चात यो जाउलाखेलमा आयोजना गर्न लागिएको एनसेलले बताएको छ ।

गीत(संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ देखि साँझ ६ बजे सम्म चल्ने बताइएको छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक ब्याण्डहरु ‘कबवेभ’ र ‘द एज’ले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदानगर्ने छन् ।

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किड्स जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहनेछन् । एनसेल मेलामा स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिजका विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाही सहभागी हुने एनसेलले बताएको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

‘पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौँ उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्ने कुरामा हामी विश्वस्त छौँ’, एनसेलका कर्पोरेर सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै बृहत नेटवर्क भएको फोरजी सेवालगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।

यस अघि एनसेलले पोखरामा पुस ८ गते र विराटनगरमा पुस १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला जावलाखेल मैदानमा भएपश्चात समापन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित