मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

बसको ठक्करबाट बालकको मृत्यु

दैनिक नेपाल २०७४ पुष २८ गते १३:२६

दाङ, २८ पुस । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका–५ चौलाहीमा शुक्रबार बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु १ क १३५३ नम्बरको बसले बालक अनसारीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित