मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुस मार्कसिटसहित)

दैनिक नेपाल २०७४ पुष २८ गते १३:४४

काठमाडौं, २८ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीले कक्षा १० अर्थात ‘एसएलसी’ पास गरेको पाइएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ । यसक्रममा सार्वजनिक भएको पराजुलीको मार्कसिटमा उनले तेस्रो श्रेणीमा एसएलसी पास गरेको देखिन्छ ।

पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको पाइएको हो । मार्कसिटमा भरतपुर केन्द्रबाट परिक्षा दिएको र सिम्बोल नम्बर ११७ रहेको गोपाल पराजुली उल्लेख छ ।

स्रोतका अनुसार पराजुली कक्षा १० को पहिलो परीक्षामा फेल भएका थिए । लगत्तै पुन परीक्षा दिएर पास भएका थिए । उनको शैक्षिक योग्यताबारे प्रश्न उठाउनेहरुले फेल भएको लेखेको तर पुन परीक्षा दिएर पास गरेको विषय लुकाएको पराजुली निकट स्रोतको दाबी छ ।

हेर्नुस मार्कसिटसहित:

गोपाल पराजुलीले एसएलसी पास गरेको मार्कसिट

पराजुलीले एसएलसी पास गरेको सर्टिफिकेट

पराजुली एसएलसी फेल भएको सर्टिफिकेट

प्रधानन्यायधीश पराजुलीको नाममा जारी भएको त्रिभुवन विश्वविद्यालयको रजिष्टेशन कार्ड

ल क्याम्पसबाट कानुनमा डिप्लाेमा पास गरेकाे पराजुलीकाे शैक्षिक प्रमाणपत्र

पराजुलीकाे नाममा सर्वाेच्चले दिएकाे अधिवकताकाे प्रमाण पत्र

 

प्रतिक्रिया
सम्बन्धित