सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

धनकुटेलीद्वारा आज पनि धर्ना

दैनिक नेपाल २०७४ पुष २८ गते १२:५८

फाइल तस्विर ।

काठमाडौँ, २८ पुस । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग गर्दै शुक्रबार पनि धर्ना दिएको छ ।

पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले शुक्रबार बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित