शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

माओवादीका मन्त्रीहरूको राजीनामा पत्र सिंहदरबारमा

दैनिक नेपाल २०७४ पुष २८ गते १२:२४

काठमाडौँ, २८ पुस । नेकपा (माओवादी केन्द्र)का विनाविभागिय मन्त्रीहरुले देउवा सरकार समक्ष केहीबेरमा सामुहिक राजीनामा दिँदैछन् । मन्त्रीहरूको राजीनामा पत्र लिएर विनाविभागिय मन्त्री तथा माओवादी नेता गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

निर्वाचन अगाडी सरकार छोड्दा निर्वाचनमा बाधा हुन सक्ने र निर्वाचन नै नहुने डर भएको भन्दै उनीहरुले निर्वाचनको सुनिश्चित गर्न सरकारमा नै बसेको बताएका थिए । निर्वाचन पछिको हालमा समयमा प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्था आएपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले बिहिबार सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । हिजो सार्वजनिक बिदा परेकाले माओवादी मन्त्रीले राजीनामा बुझाउन पाएन । नेकपा एमालेसँग सहकार्य गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीलाई विनाविभागीय बनाएका थिए ।

माओवादी केन्द्रबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू, प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पाले सामुहिक राजीनामा दिन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित