सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

घरगोठ जल्दा दश लाखबराबरको धनमाल क्षति

दैनिक नेपाल २०७४ पुष २८ गते ११:५९

जितपुर (कपिलवस्तु), २८ पुस । यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ ।

विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्ँिकदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेका छन् ।

साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएका छन् । विकको घर, गोठ र चौपाया जलेर नष्ट हँुदा पाँच लाख दुई हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।

यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्ँिकदा फुसले छाएको दुईतले घर र गोठ जलेर नष्ट भएको छ ।

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा पाँच लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । –रासस

प्रतिक्रिया
सम्बन्धित