शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

अवार्डकै लागि फिल्म खेल्दिन

दैनिक नेपाल २०७४ पुष २८ गते ६:०१

मुम्बई । अभिनेता अनिल कपुरकी छोरी एवम् बलिउड अभिनेत्री सोनम कपुरले अवार्डको लागि फिल्म नखेलेको बताएकी छन् ।

फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी सोनमले फिल्म ‘प्याडम्यान’को प्रचारका क्रममा उक्त कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘म अवार्डको लागि फिल्म खेल्दिनँ। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु ।’

सोनमले विनोद चोपडाको फिल्ममा पनि आफू अनुवन्धित भएको जानकारी दिएकी छन् । ‘म फेब्रुवरी, मार्च र अप्रिलमा विनोद चोपडाको फिल्ममा काम गर्दैछु। त्यसपश्चात फिल्म ‘जोया फ्याक्टर’को तयारीमा जुट्नेछु ।’

आर. बालकी निर्दे्शित ‘प्याडम्यान’ मा सोनमसँगै अक्षय कुमार, राधिका अप्टे लगायतको भूमिका छ । फिल्म जनवरी २५ मा प्रदर्शन हुनेछ । सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पदमावत’ पनि सोहि दिन प्रदर्शन हुने तयारीमा छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित