मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

क्यालिफोर्नियामा पनि मनाइयो पृथ्वी जयन्ती

दैनिक नेपाल २०७४ पुष २७ गते १७:५०

– विजय थापा
अमेरिका, २७ पुस । अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईएको छ । लामो समयदेखि क्यालिफार्नियाको बर्कली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजीवि तथा समाजका अगुवाहरुले २ सय ९६ औँ पृथ्वी दिवस मनाएका छन् ।

सो अवसरमा भेला भएका बुद्धिजीवी महिला र पुरुषहरुले पृथ्वीनारायण शाहको एकीकरण तथा एकताको बारेमा चर्चा गरेका थिए । साथै सबै जसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भवनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै पूर्व पर्यटन दूत अनिल पाण्डेले सो सामुदायिक भवन बनाउनको लागि संचालित एक सय डलरको चिट्ठाको पहिलो टिकट बिसे नगर्चीलाई सम्झदैँ खरिद गरेर सुरुवात गरेका थिए ।

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित