मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

राष्ट्रिय कबड्डीको उपाधी आर्मीलाई

दैनिक नेपाल २०७४ पुष २७ गते १७:३८

तस्विरः सुदीप अधिकारी/बर्दिया

बर्दिया, २७ पुस । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप कबड्डी प्रतियोगिताको उपाधी नेपाली सेनाले हात पारेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका– १, सिहंबाहिनी खेल मैदान भुरिगाउँमा सम्पन्न भएको फाइनल खेलमा महिला र पुरुष दुवै तर्फ नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय कबड्डीको उपाधी हात पार्न सफल भएको हो ।

बिहीबार सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई २५ अंकका विरुद्ध ३९ अंक प्राप्त गरी उपाधी हात पारेको हो । त्यसैगरी, नेपाली सेनाको टोलीले सुदुरपश्चिमाञ्चलको टोलीलाई २२ अंकका विरुद्ध ३९ अंक प्राप्त गरी महिला तर्फको उपाधी पनि नेपाली सेनाले हात पार्न सफल भयो ।

लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुष तर्फ २ वटा विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी ७ टिम र महिला तर्फ ३ वटा विभागीय टोली सहित ५ विकास क्षेत्रका गरी ८ टिमको सहभागिता रहेको थियो । गत सोमबारदेखि संचालित राष्ट्रिय कबड्डी प्रतियोगिता पुरुषतर्फ २२ औँ र महिलातर्फ १७ औँ संस्करण हो ।

विजयी दुवै टिमलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पदक र प्रमाणपत्र प्रदान गरे । खेलमा उत्कृष्ट खेलाडीको उपाधी महिला तर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुष तर्फ पनि नेपाली सेनाकै नागेश्वर थारुले हात पारे । उनीहरु दुवैले नगद १५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित