सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

एमबिबिएसको प्रश्नपत्र लिक गराउने ६ जना अदालतद्वारा दोषी ठहर, को-को परे ?

दैनिक नेपाल २०७४ पुष २७ गते १३:१०

काठमाडौँ, २७ पुस । एमबिबिएसको प्रश्नपत्र लिक गराएको आरोपमा पक्राउ परेका ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गराउने काठमाडौँस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई ३ वर्षपछि अदालतले दोषी ठहर गरेको हो ।

अख्तियार २०७१ साल मंसिर २० गते प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा अख्तियारले गोल्डेन गेट कलेजका निर्देशक पाण्डे र अर्थशास्त्रका प्राध्यापक हरिहर भन्ने खेचरनाथ सापकोटासहित ७ जनालाई पक्राउ गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले ३ वर्षपछि बुधबार पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रकमसमेत जफत हुने फैसला सुनाएको छ । निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।

अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवाना फैसला सुनाएको हो । विशेषले शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित