मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

म्यानचेष्टर सिटीसँग ब्रिस्टोल पराजित

दैनिक नेपाल २०७४ पुष २६ गते ९:५७

लण्डन, २६ पुस । सर्जियो अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा ब्रिस्टोल सिटीलाई पराजित गरेको छ ।

घरेलु मैदान सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँलै ब्रिस्टोललाई २–१ ले पराजित गरेको हो । एतिहाड स्टेडियममा ब्रिस्टोलका बबी रेइडले ४३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि सिटी पहिलो हाफमा पछि परेको थियो ।

तर दोस्रो हाफमा सिटी गोल र्न सफल भयो । ५६औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै खेल बराबरी गरे । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि थपिएको इन्जुरी टाइमको दोस्रो मिनेटमा अगुएरोले विजयी गोल गरेका हुन् ।

अगुएरो वैकल्पिक खेलाडीको रुपमा ६९औँ मिनेटमा याया टुरेको स्थानमा मैदान प्रवेश गरेका थिए । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित