मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

अमेरिकामा नेपाली फिल्म ‘पंचायत’ प्रदर्शन

दैनिक नेपाल २०७४ पुष २५ गते ८:३६

– विजय थापा
अमेरिका । नेपाली फिल्म ‘पंचायत’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रिमियर गरिएको छ ।

फिल्ममा शिबम् अधिकारीको लेखन तथा निर्देशन रहेको छ । उक्त चलचित्र हेर्न प्रख्यात नेपाली कथानक झोला चलचित्रका लेखक कृष्ण धरावासी पनि दर्शक भएर आएका थिए ।

चलचित्र भवन भरि भराउ रहेको थियो भने दर्शकले चलचित्र सुरु हुनु अगाडि सरोज खनालको कारण आएको प्रतिकृया दिएका थिए । नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरूको पनि उपस्थिति रहेको थियो ।

चलचित्र सुरु गर्नु अगाडि कलाकार खनालले अरु चलचित्रभन्दा पृथक रहेको दाबी गरे ।

उनले नेपालको पश्चिम क्षेत्र बिशेष महिलाहरुले भोग्दै आएको आएको छाउपडी प्रथा तथा सामाजिक कूरुतीको विरुद्ध चेतनामुलक चलचित्र रहेको बताएका थिए ।

चलचित्र पंचायत अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको पुरस्कार जित्न सफल भएको थियो ।

सोही चलचित्रमा अभिनय गरे बापत अभिनेत्री निता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार आफ्नो पोल्टामा पारेकी थिईन् ।

चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित