मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

स्तनपान गराउने आमालाई हुन्छ यस्तो फाइदा

दैनिक नेपाल २०७४ पुष २४ गते १३:५०

– विणा श्रेष्ठ

स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेको हुनुपर्छ । शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ । शिशुको टाउको र शरीर सीधा र आमातर्फ फर्केको हुनुपर्छ । शिशुको नाक स्तनको मुन्टोको ठीक अगाडि पार्नुपर्छ । शिशु र आमा एकआपसमा हेराहेर गरेको हुनुपर्छ । शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ । आमाको दुवै हातले शिशुको पिठ्यूमा राम्रोसँग समातेको हुनुपर्छ । यस्तै स्तनपान गर्दा बच्चाको मुख पूरा खुलेको हुनुपर्छ । स्तनको वरिपरिको कालो भाग पूरै मुखभित्र पसेको हुनुपर्छ । ओठको भित्री भाग स्तनको तलपट्टि बाहिर निस्केको हुनुपर्छ । शिशुको जिब्रो आमाको स्तनको मुनिपट्टि परेको हुनुपर्छ । शिशुको गाला गोलो र पुष्ट भएको हुनुपर्छ । दूध निलेको आवाज आउने गरी विस्तारै तल गहिरोसँग रोकिँदै चुस्दै गरेको हुनुपर्छ । यसका साथै स्वास्थ्य संस्थामा लगेर बच्चालाई के के खान दिने र कतिकति पटक खानदिने भन्ने सम्बन्धमा सल्लाह लिनुपर्छ । बच्चा बिरामी परेको बेलामा पनि खाना खुवाई रहनुपर्छ । खाना नदिने वा खाना कम खुवाउनु हुँदैन । साविकभन्दा बढी पटक खुवाउनु पर्छ ।

यसैगरी बच्चा ६ महिना पुगेपछि पाँच वर्षसम्म ६÷६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल ख्वाउनुपर्छ । भिटामिन “ए’ महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गर्छन् । भिटामिन ‘ए’ को साथै एक वर्षदेखि पाँच वर्षका बच्चालाई जुकाको औषधि पनि खुवाउनुपर्छ । बच्चाको उमेर बढ्दै जाँदा खानाको परिमाण र खुवाउने पटक पनि बढाउँदै जानुपर्छ । जिम्मेवार तथा बुद्धिमान आमाबुबाले आफ्नो बच्चाको तौल राम्ररी बढिसकेको छ, छैन भन्ने थाहा पाउन हरेक महिना स्वास्थ्य संस्थामा लगेर तौल हेर्नुपर्छ। – हेल्थ टुडे

प्रतिक्रिया
सम्बन्धित