मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

रियल मड्रिड सेल्टाभिगोसँग बराबरीमा रोकियो

दैनिक नेपाल २०७४ पुष २४ गते १०:३३

लण्डन, २४ पुस । स्पानिस ला लिगा अन्तर्गत भएको खेलमा साविक विजेता रियल मड्रिड सेल्टाभिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार राति गारेथ बेलले ३ मिनेटको अन्तरमा दुई गोल गर्दा पनि रियल बराबरीमा रोकिएको हो । सेल्टाका लागि ड्यानिएल वाज र म्याक्सिमिलियानो गोमेजेल गोल गरे ।

घरेलु मैदानमा वाजले ३३औँ मिनेटमा गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै बेलले बराबरी गोल फर्काए ।

पहिलो गोल गरेको दुई मिनेटपछि बेलले व्यक्तिगत दोस्रो गो गर्दा रियलले २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा अग्रता कायम राख्न सकेन । ७२औँ मिनेटमा इगो असपासले पेनाल्टी चुकाउँदा सेल्टाले बराबरी गोल फर्काउने अवसर गुमाएपद्दि ८२औँ मिनेटमा गोमेजले हेडमार्फत बराबरी गोल गर्दै रियलसँग अंक खोस्न सफल भयो ।

बराबरीपपछि १७ खेलबाट ३२ अंक मात्र जोडेको रियल अंक तालिकामा चौथो स्थानमा यथावत छ भने शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ ।

एक खेल बढी खेलको बार्सिलोना ४८ अंकका साथ शीर्ष स्थानमा आसिन छ । रियलको छिमेकी एथ्लेटिको ३९ अंकका साथ दोस्रो तथा ३७ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित