शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुँदै, सम्पूर्ण तयारी पुरा

दैनिक नेपाल २०७४ पुष २३ गते १९:५२

बर्दिया, २३ पुस । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा आगामी पुस २४ गतेदेखि २७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनशीप कबड्डी प्रतियोगिता बर्दियामा पहिलो पटक सुरु हुने भएको छ ।

अखिल नेपाल कबड्डी संघले बर्दियाको भुरिगाउँमा आयोजना गरेको पत्रकार भेटघाटमार्फत राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुने जानकारी दिइएको हो । राष्ट्रिय कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले जानकारी दिइन् ।

बर्दियाको भुरिगाउँमा सोमबार देखि संचालन हुने २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीतामा पुरुष र महिलाको ८/८ वटा समूहका १ सय ९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुनेछन् । ५ विकास क्षेत्रका ५ वटा टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एक/एक वटा गरी महिला र पुरुषको ८/८ वटा टिम सहभागी आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा सहभागी खेलाडीबाट आगामी अगष्टमा इण्डोनेशियामा हुने एशियन खेलका लागि खेलाडी छनौट समेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव बिनोद प्रजापतिले बताए ।

प्रतिक्रिया
सम्बन्धित