शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

लिभरपुलसँग १४२ मिलियन पाउण्डको सम्झौता भएसँगै कोउन्टिन्हो बार्सिलोना जाने

दैनिक नेपाल २०७४ पुष २३ गते ९:४४

काठमाडौँ, २३ पुस । बार्सिलोना लिभरपुलका मिडफिल्डर फिलिप कोउन्टिन्होलाई आफ्नो टिममा लिनको लागि लिभरपुलसँग १४२ मिलियन पाउण्डसम्मको सम्झौता गर्न तयार भएको छ । कोउन्टिन्हो लेभान्टेसँग हुने आगामी खेलमा बार्सिलोनाबाट खेल्ने अपेक्षा गरिएको छ ।

लिभरपुलको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, ‘बार्सिलोनासँग खेलाडी ट्रान्सफरको सम्झौता भएसँगै फिलिप कोउन्टिन्होले लिभरपुल छोड्ने क्लवले पुष्टि गर्दछ । खेलाडीलाई स्थानान्तरण प्रकृयालाई चाँडो सकाउन सामान्य औपचारिकता निभाउन अनुमति छ ।’

कोउन्टिन्होले साढे ५ वर्षको लागि प्रति सिजन १२.१ मिलियन पाउण्डका दरले पारिश्रमिक लिने हिसावले बार्सिलोनासँग अनुबन्धन गरेका हुन् । ब्राजिलका २५ बर्षीय कोउन्टिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्धन भएका थिए । बार्सिलोनाबाट खेलिरहेका नेइमार फ्रान्स क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएसँगै नेइमारको स्थानमा कोउन्टिन्होलाई बार्सिलोनाले ल्याउन लागेको हो । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित