मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

अमेरिकामा कृष्ण धारावासीलाई १५ सय डलरको पुरस्कार प्रदान

दैनिक नेपाल २०७४ पुष २३ गते ७:०२

– विजय थापा

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा नेपाली साहित्यकारहरूका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ वितरण समारोह सम्पन्न भएको छ ।

अनेसासका पूर्व पदाधिकारी, अमेरिकाका विभिन्न राज्यबाट आएका पदाधिकारी, साहित्यकार, अतिथि तथा बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरूले योगदान गरेको कुराको प्रशंसा गर्न चाहेको बताए । अमेरिकामा जन्मेका बालिकाले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए ।

कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्वअध्यक्ष, बोर्ड अफ ट्रस्टिका सभापति डा श्याम कार्की, अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।

कार्यक्रम तीन चरणमा गरिएको थियो । उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर १,५०० नगद प्रदान गरिएको छ ।

कृष्ण धरावासीको अंग्रेजी पुस्तक राधा, बिमला निरौलाको सिडी तथा नर्बेबाट आएका बैज्ञानिक संसार एक पाठशालाको समेत बिमोचन गरिएको छ ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलरको रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गरेका छन् ।

१९ जना पुरस्कृतहुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरूमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कवितासङ्ग्रहलाई प्रदान गरिएको छ ।

अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको भुइँफूलको गीत कवितासङ्ग्रहलाई दिइएको छ ।

अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह द विलोलाई दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित