मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

स्याङ्जा २ मा एमालेकी पद्मा अर्याल विजयी, शिक्षा मन्त्री गोपालमान पराजित

दैनिक नेपाल २०७४ मंसिर २६ गते २३:५५

काठमाडौँ, २६ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की पद्मा कुमारी अर्याल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् । अर्यालले उपप्रधान तथा शिक्षा मन्त्री नेपाली काँग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ७०६ मतान्तरसहित पराजित गरेकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार अर्याल ३५ हजार १४२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रेष्ठले ३१ हजार ४३६ मत ल्याए ।

प्रतिक्रिया
सम्बन्धित