सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

७ नम्बर प्रदेशबाट आयो अन्तिम नतिजाः कैलाली २ मा एमालेका रावल विजयी

दैनिक नेपाल २०७४ मंसिर २६ गते २३:३२

नेपाली काँग्रेसका मोहन सिंह राठौर (बायाँ), नेकपा (एमाले)का झपट बहादुर रावल (दायाँ) ।

काठमाडौँ, २६ मंसिर । कैलाली क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का झपट बहादुर रावल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । रावलले नेपाली काँग्रेसका मोहन सिंह राठौरलाई १ हजार ८४४ मतान्तरसहित पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राठौरले २३ हजार ३१३ मत ल्याए । कैलाली जिल्लाका इञ्चार्ज रहेका रावल पहिलो पटक संसदीय निर्वाचनमा प्रतिष्पर्धा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित