मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

नवलपरासीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न माग

दैनिक नेपाल २०७४ मंसिर २६ गते २२:०७

नवलपरासी, २६ मंसिर । नवलपरासीका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको एकमात्र बैंकको रुपमा रहेको राष्ट्रिय सहकारी बैंकको शाखा तत्काल स्थापना गर्न माग गरेका छन् । बैंकले मंसिर २५ गते नवलपरासीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

नवलपरासीका करिव ५ सय सहकारीमा रहेको १० अर्व पूँजी अन्य बैंकहरुमा गएको र अन्य बैंकबाट सकारी संघ संस्थाहरुलाई आवश्यक परेको समयमा कर्जा समेत नपाउने अवस्थाको अन्त्यका लागि सहकारी बैंकको शाखा माग गरेका हुन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले शाखा सञ्चालनका लागि राष्ट्रिय बैंकमा माग गरिएको र अनुमति पाउनासाथ शाखा सञ्चालन गरिने बताए । उनले देशभरका क्रियाशील सबै सहकारीलाई बैंकमा आबद्ध गराई सहकारीमार्फत समाजको आर्थिक समाजिक रुपान्तरणमा सहकारी बैंकको भुमिका प्रभावकारी बन्दै गएको बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैंकका संस्थापक सञ्चालक मुक्तिनाथ पाण्डे, जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पती अधिकारी, सचिव तिलक पराजुलीलगायतले देशको सहकारी अभिानलाई वित्तीय लगाएतक संस्थागत विकासका लागि सहकारी बैंकसँग सहकार्य गर्न आव्हन गरे ।

सहकारी संस्थाले वित्तीय क्षमता वृद्धि गर्न आवश्यक

राष्ट्रिय सहकारी बैँक लिमिटेडका प्रबन्ध सञ्चालक केवी उप्रेतीले जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका गर्न चाहने सहकारी संस्थाले वित्तिय क्षमता बृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

बैंकले सोमबार नवलपासीको कावासोतीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उप्रेतीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको मुख्य आधार स्तम्भका रुपमा रहेको सहकारीहरुलाई वित्तीय सहयोगका साथै शिक्षा, तालिम र सूचना एवम् प्रविधिको अधिकतम उपयोग गरी समाज रुपान्तरणमा सहकारीको भुमिका बढाउनुपर्ने बताए ।

सहकारी बैंकमार्फत कर्जा लिएर लगानी गर्न, प्रविधि सिकेर नयाँ रोजगारीको अवसर सिर्जना गर्न तथा देशव्यापी रुपमा सहजिकरण गर्न सहकारीहरुलाई सक्षम बनाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा नेफ्सुनका महासचिव चन्द्र ढकालले सहकारीहरुको वित्तीय अवस्थामा सुधारका साथै अभियानको समेत सुधारका लागि राष्ट्रिय सहकारी बैंकसँग समन्वय गर्न सबै सहकारीहरुलाई आग्रह गरे । उनले देशमा रहेको एक मात्र सहकारी बैंकलाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित