मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

लक्ष्मी बैंकको “लक्षित मुद्दती” योजना

दैनिक नेपाल २०७४ मंसिर २६ गते २०:२६

काठमाडौं, २६ मंसिर । लक्ष्मी बैंकले प्रस्तुत गरेको छः नयाँ बचत खाता योजना “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) । लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ ।

यो खातामा ग्राहकहरुले मासिक न्यूनतम रु. ५०० वा सो भन्दा बढि जम्मा गर्न सक्नुहुने छ । ग्राहकले जम्मागर्ने रकम सुनिश्चित गरिसके पछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दतीखातामा जम्मा हुने गर्दछ ।

१ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै लक्षित मुद्दती खाता खोल्नुहुने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्तगर्न सक्नुहुने छ ।

सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भीक योजना अन्र्तगत वार्षिक ९ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित