मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

सुनसरी ३ को मतगणना रोमाञ्चक, भगवती–गच्छदार मतान्तर ४४

दैनिक नेपाल २०७४ मंसिर २६ गते २०:२५

काठमाडौँ, २६ मंसिर । प्रदेश १ को सुनसरी–३ मा एमालेकी भगवती चौधरी र नेपाली काँग्रेसका विजय कुमार गच्छदारको बीचमा कडा प्रतिष्पर्धा भइरहेको छ । सो क्षेत्रमा हाल एमालेकी भगवति चौधरीले ४४ मतले मात्रै अग्रता लिइरहेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार चौधरी ३२ हजार ५७० मत ल्याएर सबैभन्दा अघि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गच्छदारले ३२ हजार ५२६ मतका साथ चौधरीलाई पछ्याईरहेका छन् ।

सो क्षेत्रमा ८५ हजार मत खसको थियो । हालसम्म ७१ हजार ३२० मत गनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित