मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

ग्लोबल आइएमई बैकद्वारा मेटलाईफ इन्सोरेन्ससँग बैंका इन्सोरेन्स सम्बन्धी सम्झौता

दैनिक नेपाल २०७४ मंसिर २६ गते १७:४८

काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्देश्यले मेटलाईफ इन्सोरेन्स कम्पनीसंग बैंका इन्सोरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

हालै सम्पन्न उक्त बैंका इन्सोरेन्स सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि.का ग्राहकहरुले ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित