सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

कांग्रेसले भन्यो– वाम गठबन्धनलाई सहयोग गर्छाैं

दैनिक नेपाल २०७४ मंसिर २६ गते १५:४४

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले वाम गठबन्धनलाई सहयोग गर्ने स्पष्ट पारेको छ ।

देशभर कांग्रेस हारिरहेको र वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याइरहेका बेला मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा कांग्रेस नेता बालकृष्ण खाँणले कांग्रेसले अबको वाम सरकारलाई सहयोग गर्ने बताएका हुन् । ‘देशको हित र राष्ट्रियताको पक्षमा उहाँहरुलाई हामी साथ दिन्छौं । उहाँहरुले राम्रो काम गर्नुभयो भने रचनात्मक सहयोग पनि गर्छौं,’ उनले भने ।

यद्यपी वाम सरकारले राष्ट्रिय स्वाधिनतामा आघात पुर्याउने काम र संविधानलाई तोडमोड गरे आफूहरुले संघर्षशील भूमिका निर्वाह गर्ने समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित