शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

सुनसरी ३ मा भगवति र गच्छदार मध्ये को अगाडी? पछिल्लो अपडेट

दैनिक नेपाल २०७४ मंसिर २६ गते १६:०६

काठमाडौँ, २६ मंसिर । प्रदेश १ को सुनसरी–३ मा रोकिएको मतगणना फेरी सुचारु भएको छ । एमालेकी भगवती चौधरी र नेपाली काँग्रेसका विजय कुमार गच्छदारको बीचमा प्रतिष्पर्धा भइरहेको सो क्षेत्रमा मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि विवाद हुँदा मतगणना रोकिएको थियो ।

सो क्षेत्रमा एमालेकी भगवति चौधरीले १७४ मतले अग्रता लिइरहेकी छिन् । पछिल्लो मत परिणाम अनुसार चौधरी ३० हजार ९११ मत ल्याएर सबैभन्दा अघि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गच्छदारले ३० हजार ७३७ मतका साथ चौधरीलाई पछ्याईरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित