शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

चर्चित हिरोका पत्नीलाई समेत छाडेनन् रणवीर कपुरले, यस्ता छन् ६ पूर्व गर्लफ्रेण्ड

दैनिक नेपाल २०७४ मंसिर २६ गते १४:५५

मुम्बई । प्रेम र गर्लफ्रेण्डको मामिलामा बलिउडका चकलेटी अभिनेता रणवीर कपुर धेरै अगाडि छन् ।

भर्खरैमात्र भारतीय सञ्चारमाध्यमले उनका प्रेम प्रसंग र पूर्व गर्लफ्रेण्डहरुको बारेमा रिपोर्ट प्रकाशित गरेका छन् । जसमा रणवीरले आफ्नै सहकर्मी (बलिउड अभिनेता)का श्रीमतीसँग समेत डेट गरेको भेटिएको छ ।

हिरोकी पत्नीदेखि भर्खरै ब्रेकअप गरेकीकट्रिना कैफसम्म यस्ता छन् उनका ६ पूर्व गर्लफ्रेण्डः

अवंतिका मलिक खानः अवंतिका बलिउड अभिनेता इमरान खानकी पत्नी हुन् । पहिला रणवीर कपुरसँग उनी रिलेशनसिपमा थिइन् । दुबै कैयौ पटक एक साथ देखिएका थिए । उनीहरुबीच लामो समय डेट चलेको बताइन्छ ।

दीपिका पादुकोणः रणबीर कपुर र दीपिका पादुकोणको सम्बन्ध पनि निकै सम्वेदनशील थियो । दुबै एकसाथ सुन्दर जोडीको रुपमा देखिन्थे । फ्यानको मनमा दीपिका र रणबीरका लागि अलग्गै स्थान थियो । तर, किस्मत (भाग्य)लाई अरु कुनै मान्य थियो जसका कारण दुबैको ब्रेकअप भयो । दीपिका अहिले बलिउडका अर्का अभिनेता रणवीर सिंहसँग रिलेशनसिपमा छिन् ।

सोनम कपुरः सोनम कपुर र रणबीर कपुरले फिल्म ‘सवारिया’बाट एकसाथ डेब्यु गरेका थिए । र, दुबैले सञ्जयलिला भन्सालीको फिल्म ‘ब्लैक’मा असिस्ट पनि गरेका थिए । त्यसक्रममा दुबै निकै नजिक भएका थिए । यद्यपी दुबैले यो कुरालाई अस्वीकार गर्दै आएका थिए । र, बीचमै ब्रेकअप भयो ।

नर्गिस फाखरीः नर्गिस फाखरीसँग फिल्म ‘रकस्टार’को शुटिंगका क्रममा रणवीर कपुर नजिकिएका थिए । यद्यपी औपचारिक रुपमा सम्बन्धलाई दुबैले अस्वीकार गरिरहे । र, यिनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन ।

नंदिता महतानीः नंदिता महतानीसँग रणवीर कपुरको सम्बन्ध लामो समयसम्म रह्यो । गाडी दिनु मोरया नामका व्यक्तिसाग नंदिताको रिलेशनसिप विग्रिएका बेला रणवीरले इन्ट्री मारेका थिए । नंदितालाई रणवीरसँग धेरैपटक देख्न पाइएको थियो । यद्यपी नंदितासँग पनि उनको सम्बन्ध धेरै टिकेन ।

कट्रिना कैफः पछिल्लो समय कट्रिना कैफसँग लामो समयसम्म रणवीरको अफयेर चलिरह्यो । बीचमा ब्रेकअप समेत भएको खबर आयो । तर, दुबैले ‘जग्गा जासुस’ नामक फिल्म संगै अभिनय गरेर सम्बन्ध सुमधुर रहेको देखाए ।

प्रतिक्रिया
सम्बन्धित