शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

अन्तर्घात गर्ने २० जनालाई कांग्रेसद्वारा कारबाही

दैनिक नेपाल २०७४ मंसिर २६ गते ९:१४

ओखलढुंगा, २६ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने र स्वतन्त्र उम्मेदवारी दिने तथा सघाउने २० जनालाई कार्वाही भएको छ ।

उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको कांग्रेस ओखलढुंगाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधी सभा सदस्यका उम्मेदवार रामहरि खतिवडा, सभापति एवं प्रदेशसभा सदस्य ‘ख’का उम्मेदवार प्रदीपकुमार सुनुवार, प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार मित्रसेन दाहाल र प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार गोमा केसीले अन्तरघात गर्नेहरूलाई पार्टीबाट निस्काशित गरिएको जनाएका छन् ।

कार्वाहीमा पर्नेमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली, प्रस्तावक समर्थकहरू रामजी बास्तोला र ठाकुरप्रसाद गौतम, प्रचार–प्रसार समिति संयोजक कमल तामाङ, सक्रिय सहयोगीहरू दुर्योधन गिरी, जितेन्द्रबहादुर कार्की, सीताराम श्रेष्ठलगायत छन् ।

ओखलढुंगा कांग्रेसका उम्मेदवार हराउन अन्तर्घात गर्नेहरूमा टेकराज भट्टराई, लीला बल्लभ दाहाल र कुमार लुइँटेल पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित