शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

अर्घाखाँची प्रदेशसभा सदस्यमा आचार्य र घिमिरे विजयी

दैनिक नेपाल २०७४ मंसिर २६ गते ८:५४

अर्घाखाँची, २६ मंसिर । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गर्नुभएको छ । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जित्नुभएको छ ।

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गर्नुभएको छ । – रासस

प्रतिक्रिया
सम्बन्धित