शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

मोष्ट वान्टेड अत्याधिक मतले विजयी, एमालेलाई झट्का

दैनिक नेपाल २०७४ मंसिर २६ गते ७:०१

काठमाडौं, २६ मंसिर । टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले चौधरीले पराजित गरेका छन् । चौधरी राजपा नेपालबाट उम्मेदवार बनेका छन् ।

चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् । शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन् ।

प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो ।

सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित