मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

जाँदाजाँदै देउवाले यी महिलालाई दिए ‘ठूलो उपहार’ !

दैनिक नेपाल २०७४ मंसिर २५ गते १५:१४

काठमाडौं । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार संकटमा परेको छ । अबको केही दिनभित्र नयाँ सरकारको निर्माण प्रक्रिया सुरु हुनेछ । र, देउवाले कुर्सी त्याग्नेछन् ।

यसरी कुर्सी छाड्ने बेलामा आइपुग्दा देउवाले एक महिलालाई राज्यका तर्फबाट उपहार दिएका छन् । देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेर उपहार दिएको हो । देउवाको यो निर्णयसँगै चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको छ ।

निकिता चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । उद्धव कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष छन् ।

निकिताले बोर्डको अध्यक्ष बन्न लामो समयदेखि लबिङ गर्दै आएकी थिइन् । र, देउवाले जाँदाजाँदै पूरा गरिदिए ।

५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित