शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

देउवाले नेपाली सेनाबारे गरे यस्तो निर्णय

दैनिक नेपाल २०७४ मंसिर २५ गते १४:३४

काठमाडौं, २५ मंसिर । सरकारले नेपाली सेनाका दुई सहायक रथीको पदावधि थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको हो ।

बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित