शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

माओवादी अध्यक्ष प्रचण्ड भारी मतले विजयी

दैनिक नेपाल २०७४ मंसिर २५ गते १३:१३

काठमाडौं, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले विजयी भएका छन् ।

सोमबार भरतपुरमा सकिएको मतगणनामा प्रचण्डले ४८ हजार २६९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डेले ३८ हजार ९४२ मत ल्याए । देउवा सरकारका वनमन्त्री समेत रहेका पाण्डेलाई प्रचण्डले ९ हजार ३२७ मतअन्तरले हराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित