सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

चुनाव हारेपछि यस्तो आयो आरजुको प्रतिक्रिया, कसलाई दिइन दोष ?

एमालेका नारदमुनीलाई मन्त्री बनाउन पहल गर्ने

दैनिक नेपाल २०७४ मंसिर २५ गते १०:५२

धनगढी, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले पार्टीभित्रको असन्तुष्टिले चुनाव हारेको बताएकी छन् ।

कैलाली ५ मा एमालेका नारदमुनी रानासँग चुनाव हारेको भोलिपल्ट धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पत्नी राणाले पार्टीकै नेता–कार्यकर्ताहरुको असहयोगले चुनाव हारेको बताइन् ।

‘‘पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताहरुले सहयोग गरेनन् । हामीले मिलाउन पनि सकेनौं,’’ उनले भनिन्, ‘‘कैलालीमा रहेको जातीय र भेगीय नाराले पनि समस्या पार्यो ।’’

चौधरी थारु र राना थारु समुदायको सहयोग नपाउनुसमेत हारको कारण भएको उनको भनाई छ । ‘‘चौधरी र राना समुदायको सेन्टीमेन्ट क्याच गर्न नसक्नु र नयाँ मतदाताले विश्वास नगर्नु पनि हारको कारण हो,’ उनले भनिन् ।

नेतृ राणाले निर्वाचनमा सहभागि भएका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् । उनले आगामी दिनमा धनगढी बसेर सुदूरपश्चिमको विकासका लागि काम गर्ने बताइन् ।

आरजुुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी नेकपा एमालेका नेता नारदमुनी रानालाई मन्त्री बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित