मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

कञ्चनपुर ३ मा रमेश लेखकले एकाएक गरे प्रगति, एमालेका दीपकप्रकाश भट्टको के छ अवस्था ?

दैनिक नेपाल २०७४ मंसिर २५ गते १३:०५

काठमाडौं, २५ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखकले मतान्तर ह्वात्तै घटाएका छन् । यसअघि एमालेका दीपकप्रकाश भट्टसँग ५ सय मतले पछि परेका लेखकले अहिले मतान्तर ४७ मा झारेका छन् ।

कञ्चनपुर ३ बाट प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका दीपकप्रकाश भट्टले २१ हजार ९७५ मत पाएका छन् । कांग्रेसका रमेश लेखकले २१ हजार ९२८ मत प्राप्त गरी मतान्तर घटाइरहेका छन् । यो मतान्तर ४७ मतको मात्रै हो ।

अहिले वडा नम्बर ८ र १५ को मतगणना भइरहेको छ । १२, १३, १४, र १६ को मत गन्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित