मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

बार्सिलोनाले भिल्लारियललाई हरायो

दैनिक नेपाल २०७४ मंसिर २५ गते ७:४८

लण्डन, २५ मंसिर । बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई हराएको छ । स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले २–० ले खेल जितेको हो ।

वार्साको जितमा फरवार्डद्वय लिओनल मेसी र लुईस सुआरेजले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६० मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।

भिल्लारियलका मिडफिल्डर ड्यानियल राबा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

भिल्लारियल १० खेलाडीमा सीमित भएपछि बार्सिलोना खेलमा हावी भयो । सुआरेजले ७२ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए । ८३ मिनेटमा मेसीले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

लिगमा १५ खेलपछि बार्सिलोना ३९ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३३ अंक छ । चौथो स्थानको रियलको ३१ अंक छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित