मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

प्रचण्डकी बुहारी बीना मगर कञ्चनपुर १ बाट निर्वाचित

दैनिक नेपाल २०७४ मंसिर २५ गते ७:४३

काठमडौं, २५ मंसिर । कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् ।

विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।

विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् ।

विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित